तपाईँ सुन्दै हुनुहुन्छः

अर्काइभिङ सम्बन्धी पुर्नताजगी तालिम सम्पन्न 

काठमाडौँ । रेडियो नेपालले अडियो अर्काइभिङ सम्बन्धी चार दिने पुर्नताजगी तालिम सम्पन्न गरेको छ ।

रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरबारमा आज सम्पन्न  तालिममा रेडियो नेपालमा रहेका पुराना श्रव्य सामग्रीलाई डिजिटल प्रणालीमा रूपान्तरण, नेटवर्किङ र स्टोरेज क्षमता बढाउने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालबाट प्रसारण भएका पुराना अडियो सामाग्रीहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी थप आम्दानीको स्रोत बनाउन तालिम प्राप्त कर्मचारीहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यकारी निर्देशक केसीले तालिमबाट प्राप्त ज्ञान सीपलाई व्यवहारमा उतारी संस्थाको क्षमता अभिवृद्धिमा लाग्न आग्रह पनि गर्नुभयो । 

प्रशिक्षक पुनित नरेन्द्र भानुशालीले तालिमबाट प्राप्त दक्षतालाई कार्यान्वयन गर्न सके  रेडियो नेपालको डिजिटल प्रणालीले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, इन्जिनियर उदय श्रेष्ठलगायतले डिजिटल अर्काइभिङका सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।

तालिममा इन्जिनियरिङ, अर्काइभिङ, टेप लाइब्रेरी र स्टुडियोका गरी २० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button