तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगर बजारका फुटपाथ सफाइ गर्दै भीमदत्त नगरपालिका  

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा रहेका फुटपाथ सफाइ गर्न थालेको छ ।

महेन्द्रनगर बजार क्षेत्रमा भीमदत्त नगरपालिका कार्यालयले नगर प्रहरी र कर्मचारी परिचालन गरी फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरू हटाउन थालेको हो । 

व्यापारीहरूले फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखेका सरसामान, बोर्ड, निर्माण सामग्री हटाउन थालिएको नगरपालिकाले जनाएको छ । महेन्द्रनगरलाई व्यवस्थित बनाउन एडिबीको आर्थिक सहयोगमा निर्माणाधीन संरचनाहरू अन्तर्गत बनेको फुटपाथमा व्यापारीहरूले आफ्ना सामग्री राख्दा फुटपाथमा हिँड्न असहज हुनुका साथै सडक दुर्घटनाको जोखिम समेत बढेकोले व्यापारीहरूलाई पूर्व सूचना गरी हटाउन लगाइएको नगरपालिकाको जनाएको छ । व्यापारीहरूले अटेरी गरेपछि नगरपालिका आफैँले ती सामग्रीहरू उठाउन थालेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button