तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीसहित तराई मधेशका जिल्लामा आज बिहानैदेखि अत्यधिक जाडो र सितलहर

सप्तरी । सप्तरी, सिरहासहित तराई मधेशका जिल्लामा आजदेखि चिसो बढेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो बढेको हो ।

चिसो र सितलहरले सप्तरीको जनजीवन कष्टकर बनेको छ । चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरूको जनजीवन कष्टकर बनेको छ । सप्तरीको कञ्चनपुर फत्तेपुर , राजविराज , भारदह, महुली र रुपनीका बजारहरूमा चहलपहल घटेको छ । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ ।

चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरू बढी प्रभावित हुनेगरेका छन् । अत्यधिक चिसोको कारण मानिसहरूलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ । ग्रामीण भेगमा खास गरी चिसो छल्न घुर (आगो) बालेर तापिरहेका छन् ।

जाडोको कारण तराई मधेशमा बर्सेनि विपन्न परिवारका व्यक्तिहरूको मृत्यु हुँदै आएको छ । चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूले स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button