तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाहद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगमन 

दिपायल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगमन गर्नुभएको छ। 

मुख्यमन्त्री शाहले आज बिहान रेडियो नेपाल दिपायलकाे अनुगमन गर्नुका साथै रेडियोको प्रसारणका बारेमा समेत जानकारी लिनुभयो ।

रेडियो नेपाल दिपायलका निमित्त कार्यालय प्रमुख नारायणदत्त पनेरूले रेडियोको प्रसारण सेवा, भौतिक संरचना लगायतका बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराउनुभयो । 

अनुगमनका क्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारबाट रेडियो नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभयो ।  

निमित्त कार्यालय प्रमुख पनेरूले प्रदेश सरकारबाट रेडियो कार्यक्रम तथा कर्मचारी आवासको भवन जीर्ण भएकोले भवन निर्माणका लागि सहयोग गरिदिन मुख्यमन्त्री शाहसमक्ष अनुरोध गर्नुभयो ।

अनुगमनमा प्रदेशसभा सदस्य विक्रम सिंह धामी, जिल्ला समन्वय समिति डोटी प्रमुख लक्ष्मण सिंह लगायतको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button