‘महत्वपूर्ण फैसला र आदेशहरूको प्रकाशनबाट फैसला गुणस्तरीयतामा अभिवृद्धि’
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले महत्वपूर्ण फैसला र आदेशहरूको प्रकाशनले आम नागरिकमा सहज पहुँच र फैसला गुणस्तरीयता अभिवृद्धिमा समेत सहयोग पुग्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाहरूको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच अभिवृद्धिको दृष्टिकोणले समेत महत्वपूर्ण फैसला र आदेशहरूको प्रकाशन महत्वपूर्ण हुने बताउनुभयो ।
प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाहरू समेतको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला र आदेशहरू छनौट गरेर प्रकाशन गर्न सान्दर्भिक हुने बताउनुभयो ।

समारोहमा श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशहरूको प्रकाशनले आम नागरिकमा सहज पहुँच पुग्नुका साथै र फैसला गुणस्तरीयता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
न्यायधीश आचार्यले महत्वपूर्ण फैसला प्रकाशनले न्यायिक कारबाहीमा कार्यविधिगत एवम् निर्णयको एकरूपतामा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
श्रम सम्बन्धी केही महत्वपूर्ण फैसलाहरूको सङ्ग्रह २०८० भाग २ विमोचन समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, न्याय परिषद्का सचिव, श्रम अदालतका न्यायाधीश, सर्वोच्च अदालतका रजिस्टारहरू, नेपाल बार एसोसिएसनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्