तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली बँदेलको आक्रमणबाट बालक घाइते 

सल्यान । सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ५ दहगाउँका १४ वर्षीय सन्दिप वि.क घाइते भएका हुन । 

घर नजिकै बाख्रा चराउन गएका वि.कलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 

बँदेलले आक्रमण गरि विक.को हात र खुट्टामा चोट लागेको र श्रीनगरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button