तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाट उद्योग वाणिज्य सङ्घमा न्यौपाने प्यानल विजयी

नवलपरासी,पश्चिम् । निकै कौतुहलता र अर्थपूर्ण रुपमा हेरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट अध्यक्षमा लेखनाथ न्यौपाने विजयी हुनुभएको छ। न्यौपानेसहित एमाले निकट सबै प्यानल नै विजयी बनेको हो ।

न्यौपाने ७७० मतका साथ विजयी हुनु भएको छ भने काङ्ग्रेस निकटका अध्यक्ष पदका उम्मेदवार दिनेश न्यौपानेले ४६२ मत प्राप्त गर्नु भएको छ ।यसै गरि अध्यक्ष पदमै स्वतन्त्र उम्मेदवारी दिनुभएका काङ्ग्रेस निकटका राजु पाण्डेले २०७ मत प्राप्त गर्नु भएको छ । अध्यक्ष न्यौपाने दोस्रो पटक पनि निर्वाचित हुनुभएको हो।अघिल्लो चुनावमा ७ मतले मात्रै विजयी हुनुभएका न्यौपाने अहिले ३०८ मतको अग्रताले निर्वाचित हुनुभएको छ।

नेपाली काङ्ग्रेस,समाजवादी र माओवादी मिलेर चुनावमा होमिएको थियो भने नेकपा एमाले र रास्वपासहितको टिम चुनावी मैदानमा उत्रिएको थियो । निर्वाचनमा १५०१ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

काङ्ग्रेस निकट बाटै दुई जना उम्मेदवार उठेपछि काङ्ग्रेस निकट मतदाता व्यवसायीहरू रुष्ट बनेका थिए ।बर्दघाटमा उद्योग वाणिज्य सङ्घको निर्वाचनको नतिजालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button