तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भएका कामका सम्बन्धमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भएका कामका सम्बन्धमा सम्बद्ध पदाधिकारीसँग आज छलफल गरेको छ ।

छलफलमा सांसदहरूले चाडबाडका बेला दैनिक उपभोग्य वस्तुमा हुने गरेको कालोबजारी, गोदाममा चामल कुहिने तर उपभोक्ताले समयमा नपाउने लगायतका विषय उठाउनुभयो ।

सांसदहरूले नेपालमा उत्पादित धान चोरबाटोबाट भारतमा बिक्री हुने गरेको, त्यही धान चामल बनाएर तेब्बर बढी मूल्यमा नेपालामा आयात हुने गरेकोतर्फ समयमै सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले कम्पनीले विकट जिल्लाहरूमा जनतालाई सहज र सरल रूपमा खाद्यान्न उपलब्ध गराइरहेको जानकारी गराउनुभयो ।

उहाँले स्थानीय उत्पादनको प्रवर्द्धनका लागि बजारीकरणको व्यवस्था, रैथाने बाली प्रवर्द्धनका लागि बजेट व्यवस्थापन, खरिदका लागि प्रदेश सरकारसँग समन्वय लगायतका कामहरू गरिरहेको पनि बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्माले यस पटक धान, गहुँ लगायतका खाद्यान्नमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा महँगो मूल्यमा किसानले विक्री गर्न सफल रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button