शितलहर र जाडोबाट प्रभावित विपन्न समुदायका दुई सय जनालाई कम्बल वितरण

वीरगन्ज । विगत केही दिनदेखि बीरगंजसहित तराई मधेसका जिल्लामा शितलहर र कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित भएसँगै जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिन सिटी सामुदायिक केन्द्रले कम्बल वितरण कार्यलाई तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिन सिटी सामुदायिक केन्द्रले आज केन्द्रका कोषाध्यक्ष ज्योति रुंगटाका बुवा समाजसेवी पवन रुंगटाको सहयोगमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा दलित तथा विपन्न समुदायका दुई सय जनालाई कम्बल वितरण गरिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापा, ज्योति रुंगटा, समाजसेवी पवन रुंगटा लगायत स्थानीय बासिन्दा, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्