तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ बालबालिकालाई शैक्षिक तथा खाद्य सामाग्री सहयोग 

चितवन  । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर  १० स्थित सिद्धि छात्रावासमा आश्रित चेपाङ बालबालिकाका लागि शैक्षिक तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।

साउथ एसिया पार्टनरसिप नेपाल (साप नेपाल) ले चेपाङ बालबालिकाका लागि शिक्षाका लागि आवश्यक पर्ने स्टेशनरी तथा खाद्य सामाग्री प्रदान गरिएको हो । 

साप नेपालका प्रादेशिक निर्देशक जनक कार्की, आर्थिक तथा प्रशासन अधिकृत रुक्मनी कार्की, सञ्चार अधिकृत अर्चना चौधरीले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो  ।

साप नेपालले सिद्धि छात्रावासमा बर्सेनि सहयोग गर्दै आएको छ । साप नेपालका प्रादेशिक निर्देशक कार्कीले चेपाङ बालबालिकाको आवश्यकता अनुसार शैक्षिक तथा खाद्यान्न सहयोग गर्दै आएको बताउनुभयो  । लामो समयसम्म चेपाङ महिलाहरूको नेतृत्व तथा क्षमता विकासको काम गरेको साप नेपाल र डेक नेपालले परियोजनामार्फत सीमान्तकृत समुदायको उत्थानको लागि काम गर्दै आएको छ ।

निर्देशक कार्कीले चेपाङ बालबालिकाको प्राथमिक तथा उच्च शिक्षाको लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो  । 

सिद्धि छात्रावासमा सञ्चालक भरत चेपाङले भौगोलिक विकटताका कारण शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्दै आएको बताउनुभयो  । सो छात्रावासमा ५४ जना बालबालिका आश्रित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button