तपाईँ सुन्दै हुनुहुन्छः

बालविद्या माविले पायाे कोहलपुर अन्तर मा.वि मेयर कपको उपाधि

बाँके । बाँकेको कोहलपुरमा मङ्गलवारदेखि सुरु भएको ७ औँ अन्तर मा.वि मेयर कप तथा १६ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा बालविद्या माध्यमिक विद्यालयले उपाधि उचालेको छ ।

बालविद्या माध्यमिक विद्यालयले ८ स्वर्ण, २ रजत र ६ कास्य प्राप्त गरी अन्तर मावि मेयर कप तथा १६ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको उपाधि उचालेको हो । यस्तै त्रिभुवन माध्यमिक विद्यालयले ८ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी द्वितीय भएको छ भने गोरखा यूनाईटेडले ६ स्वर्ण, १ रजत र ५ कास्य प्राप्त गरी तृतीय भएको छ ।

यस्तै एथलेटिक्सतर्फ छात्र प्रतीक सुनार र छात्रा तुलसा दमाई, भलिबल तर्फ छात्र सन्दिप रावत र छात्रा ग्रेष्णा चिलवाल र कवडीमा छात्र गणेश आले मगर र छात्रा सरिता बुढा उत्कृष्ट खेलाडीका रुपमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कृष्ण माध्यमिक विद्यालयलाई अनुशासनका रुपमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने मार्च पासमा प्रथम वेस्टर्न माविलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले  समापन समारोहलाई सम्बोधन गर्दै अन्तर मावि मेयर कपलाई थप व्यवस्थित र परिष्कृत गर्दै लैजाने प्रतिबद्धता गर्नुभयो।

कोहलपुर नगरपालिकाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले यसलाई व्यवस्थित र भव्य बनाउँदै लैजाने उहाँको भनाइ थियो । ‘पाठ्यक्रमको ज्ञानले मात्र विद्यार्थी पूर्ण हुन नसक्ने हुँदा उनीहरूलाई अतिरिक्त ज्ञानको आवश्यक जरुरी रहेको बताउनु भयो।‘

प्रतिक्रिया राख्नुहोस्

Back to top button