तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम् नवलपरासीका नागरिकलाई कार्यसम्पादनको दैनिक जानकारी दिन सुरु

नवलपरासी,पश्चिम् । जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासीले आफ्नो कार्यालयबाट हुने गरेका सेवा प्रवाह र कार्यसम्पादनका बारेमा दैनिक रुपमा जानकारी गराउन सुरु गरेको छ । बिहीबारबाट सुरु गरिएको अभियानलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनु भयो ।

द्रहामीले आजबाट यो काम सुरु गरेका छौ, दैनिक रुपमा नै जानकारी गराउँछौ र मासिक रुपमा पनि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गर्छौ’,प्रमुख जिल्ला अधिकारी पन्थीले रेडियो नेपालसँग भन्नूभयो । यसले पारदर्शीतासँगै नागरिकलाई सुसूचित हुन समेत मद्दत पुग्ने उहाँले बताउनु भयो । पन्थी केही दिन अघि मात्र सरुवा भएर नवलपरासी आएसँगै यो कार्य बिहीबार देखि सुरु गरिएको हो ।

दैनिक रुपमा भएका कामहरूको सङ्ख्यात्मक विवरण जिल्ला प्रशासन कार्यालयको पेजमार्फत जानकारी दिइन सुरु गरिएको हो । हरेक नागरिकको कार्यालय बाट प्रवाह भएका सेवाहरूका बारेमा जानकारी सँगै प्रवाह हुने काम हरुको प्रकृतिका बारेम समेत यो कार्यबाट सुसूचित हुने अपेक्षा गरिएको छ । कार्यालयले यसरी पहिलो पटक सूचना दिने कार्य सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button