तपाईँ सुन्दै हुनुहुन्छः

रारामा पर्यटकको आवागमन  बढेसँगै  फोहोर व्यवस्थापनमा कमी

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठुलो र गहिरो ताल रारामा पछिल्ला वर्षहरूमा यातायातमा पहुँच पुगेसँगै पर्यटकहरूको आवागमन दर बाक्लो हुनुका साथै रारा आएका पर्यटकहरू लाई घोडा सवार गर्ने निहुँमा  जथाभाबी घोडाहरू निकुञ्जमा प्रवेश गर्दा राराताल आसपासका ठाउँहरूमा फोहोर पनि बढ्न थालेको छ ।  

विशेष गरी रारा पुगेपछि पर्यटकको रोजाइको केन्द्रको रूपमा परिचित मुर्माटप हिमाल र मिली चौरमा बढी फोहोर  हुने गरेको छ ।  फोहोर मैलाको उचित व्यवस्थापन  गर्ने भरपर्दो माध्यम नहुँदा पर्यटकहरूले उपभोग गरेका बिस्कुट, चाउचाउ, मिनरल , बियरका बोतल, चकलेट, पेय पदार्थ, फ्रुटी लगायत अन्य प्रयोगमा आएका प्लाष्टिक र कागजहरू फोहोर फाल्ने खाल्डोमा नभई जथाभाबी  फ्याँक्नाले  दिन प्रतिदिन रारा आसपासका ठाउँहरूमा फोहोर  बढ्दै गएको हो ।  केही बर्ष अगाडि रारा तालको चारैतिर  स्वस्थ सफा वातावरण देखिएको थियो  । 

रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार  रारा आउने सबै पर्यटकहरू बाट  प्रवेश शुल्क बापत रू एक सय लिन्छौ  त्यतिखेर  निकुञ्ज क्षेत्र भित्र कुनै प्रकारको फोहोर नगर्न भन्छौ तर पनि केहीले  बियर, कोकाकोला, फेन्टा लगायतका  पेय पदार्थ उपभोग गरेका खाली  बोतलहरू , चाउचाउ बिस्कुट परागका खोस्टाहरू जथाभाबी फ्याँक्नाले  फोहोर हुने गरेको  छ । 

पटक पटक  रारामा जमेका  फोहोरहरू रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बिकास समितिका कर्मचारीले  सङ्कलन गरी त्यसको उचित   व्यवस्थापन गर्दै आएको भएपनि दैनिक जसो  आउने पर्यटक हरूले  फोहोर खाल्डोमा नफाली  जताततै फ्याँक्ने गर्नाले जताततै  खाएर फालेका खा्ेस्टा देखिने गरेको रारा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत राजु घिमिरेले बताउनु । हरेक महिनाको एक पटक दोस्रो शुक्रवारका दिन  निकुञ्ज सुरक्षार्थका लागि खटिएका नेपाली सेना निकुञ्जका कर्मचारी सबै मिलेर  फोहर सङ्कलन गरि उचित व्यवस्थापन  गरिँदै आएको पनि  अधिकृत  घिमिरेले बताउनु भयो ।  

निकुञ्जको चारैतिर  फोहोर फाल्ने खाडलहरू बनाएको भएपनि  खाडलमा जम्मा भएको फोहोरहरू चराचुरुङ्गी ले  बाहिर निकाली   जताततै फ्याँक्ने गर्नाले पनि  सबैतिर केही मात्रामा फोहोर बाहिर  देखिएको घिमिरेको भनाई छ । रारामा मानिसहरू बढी  भिडभाड हुने ठाउँमा , फोहोरको उचित व्यवस्थापनका लागि ढकन भएका डस्टबिनहरू  राख्ने निकुञ्जले जनाएको छ  बिगत केही बर्ष अगाडि नेपाल टेलिकमको सहयोगमा रारा राष्ट्रिय निकुञ्जका  मिलीलगायतका ठाउँहरूमा ढकन भएका डस्टबिनहरूको व्यवस्था गरेको भएपनि  रातारात सबै डस्टबिन स्थानीयले चोरेर लगेपछि  खाल्डोहरू बाहेक हाल सम्म कुनै निकायले डस्टबिन हरूको व्यवस्था नगर्दा हावा लागेको बेला र चराचुरुङ्गीले  खाडल भित्रका सबै फोहोर बाहिर छरिने र फोहोर देखिने पनि  प्रमुख संरक्षण अधिकृत घिमिरेको भनाई छ। बर्षौ देखि राराको विकासको नाममा आउने करोडौँ रुपैयाँ  बालुवामा पानी जस्तै भएको स्थानीयहरूले आरोप लगाउँदै आएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button