तपाईँ सुन्दै हुनुहुन्छः

ईच्छाकामनामा पुस १६ देखि सुन्तला महोत्सव 

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा पुस १६ गतेदेखि सुन्तला महोत्सव हुने भएको छ । स्थानीय सुन्तलाको बजारीकरण र किसानलाई प्रोत्साहन गर्न सुन्तला महोत्सव गर्न लागिएको हो । ईच्छाकामना गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउ, डोडे लगायतका गाउँहरूलाई समेटेर तीन दिने सुन्तला महोत्सव हुन लागेको हो ।

गाउँपालिकामा उत्पादन भएका सुन्तलाको प्रवर्द्धन गर्न र किसानलाई सुन्तला खेतीतर्फ आकर्षण गर्ने उद्देश्यसहित  पहिलो पटक सुन्तला महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनु भयो  । गाउँपालिकाले गाउँपालिका भित्रका अधिक सुन्तला उत्पादन हुने गाउँहरूलाई समेटेर सुन्तला महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । 

सुन्तला महोत्सवमा पाहुनाहरूलाई आकर्षणका लागि बोटमै टिपेर सुन्तला खान पाउने, सुन्तला  खाने प्रतियोगिता, बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिने जस्ता  गतिविधि गरिनेछ । महोत्सवमा आउने पाहुनाहरूको लागि सशुल्क खाने बस्नेको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो । सुन्तला महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकको भनाई छ । 

पुस १८ गतेसम्म चल्ने महोत्सवमा सुन्तला कृषकहरूलाई विभिन्न सामाग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकहरूद्वारा रोगव्याधी सम्बन्धि तालिम दिनेलगायतका कार्यक्रम सञ्चालन गरिने  अध्यक्ष गुरु अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button