युवा विदेश पलायनलाई रोक्न सीपमूलक शिक्षा नीति आवश्यक : पूर्व मन्त्री प्रधान

नवलपरासी, पश्चिम् । पूर्व कानुन मन्त्री एवम् प्रतिनिधिसभा सदस्य धुब्र बहादुर प्रधानले युवाको विदेश पलायनलाई रोक्न सीपमूलक शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
महाकवि देवकोटा क्याम्पसको १३औँ क्याम्पस सभामा पूर्व मन्त्री प्रधानले शैक्षिक जनशक्ति नेपालबाट पलायन भइरहेको उल्लेख गर्नुहुँदै यसको रोकथामका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो । शिक्षित युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नलाई सीपमूलक शिक्षा प्रदान गर्ने नीति बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले अबको शिक्षा भनेको जीवन उपयोगी शिक्षा हुनुपर्ने बताउनुभयो ।
आज सम्पन्न आगामी तीन वर्ष कार्यकालका लागि पुनः कृष्ण प्रसाद लामिछानेलाई क्याम्पस सञ्चालन समिति अध्यक्षका रुपमा सिफारिस गरी त्रिभुवन विश्वविद्यालयमा पठाउने निर्णय गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्