तपाईँ सुन्दै हुनुहुन्छः

दैनिक ३ करोड लिटर पानी काठमाडौँमा वितरण गर्न सकिने

काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव एवं मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष सुरेश आचार्यको नेतृत्वमा सहसचिव तिरेश प्रसाद खत्री, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड का पदाधिकारीहरू, परामर्शदाता लगायतको टोलीले सुन्दरीजल स्थित पानी प्रशोधन शालाको निरीक्षण तथा अनुगमन गरेको छ ।

त्यस अवसरमा मेलम्ची नदिको पानी पथान्तरणको लागि अम्बाथान हेडवर्क्समा हुँदै गरेको मर्मतसम्भार अवधिको दौरान मेलम्चीको सुरुङबाट काठमाडौँ उपत्यकावासीलाई तत्कालै केही मात्रामा खानेपानी उपलब्ध गराउनबारे टोलीले लेखाजोखा पनि गरेको छ।

विस्तृत प्राविधिक विश्लेषण पश्चात् आजै करिब एक करोड लिटर प्रति दिनका दरले सुरुङबाट काठमाडौँका लागि केही दिनसम्म खानेपानी उपलब्ध गराउन सकिने निष्कर्ष निकाल्दै आजैदेखि सुरुङबाट पानी खोलिएको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट दैनिक एक करोड लिटर पानी थप गर्दा दैनिक ३ करोड लिटर पानी काठमाडौँमा वितरण गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button