तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु

नेपालगञ्ज ।  बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । 

उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदै गर्दा कैदीबन्दीको बाटोमा मृत्यु भएको हो ।

मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताउनुभयो । चौधरीमा दम र प्रेसरको समस्या भएको बताइएको छ ।

२०७९ साल जेठ २३ गते जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको चौधरीलाई जबर्जस्तीकरणीको अभियोग थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button