तपाईँ सुन्दै हुनुहुन्छः

टर्किएद्वारा असफल ‘कू’को आरोपमा १३ जना संदिग्ध पक्राउ

इस्तानबुल। टर्किए प्रहरीले बिहीबार इस्तानबुलबाट १३ जना संदिग्धहरूलाई गिरफ्तार गरेको छ । सन् २०१६ को असफल ‘कू’ को प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको अवैध सञ्जालसँग सम्बन्ध रहेको पनि देखिएको छ ।

निजी टर्की प्रसारक एनटीभीका अनुसार प्रहरीले केही संदिग्ध व्यक्तिहरू अमेरिकामा आधारित टर्किए प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा सञ्चालित आन्दोलनको सेलको रूपमा चिनिने घरहरूमा बसेको पनि पत्ता लगाएको छ।

संदिग्ध व्यक्तिहरूले गुलेन आन्दोलनको ‘इन्क्रिप्टेड मेसेजिङ एप बाइलक’ प्रयोग गर्ने गरेको देखिएको छ । साथै उनीहरूले सो संगठनभित्र सक्रिय भूमिका खेलेको पनि पाइएको छ ।

टर्किए सरकारले गुलेन आन्दोलनलाई राज्यको कर्मचारीतन्त्रमा घुसपैठ गरेको र त्यसपछि सन् २०१६ जुलाई १५ मा ‘कू’ को प्रयास गरेको उल्लेख गरेको छ ।

सरकारले कू’ प्रयासपछि सञ्जालसँग सम्बन्ध रहेको संदिग्ध व्यक्तिहरू माथि व्यापक कारवाही शुरु गरेको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button