तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले बुधवार उहाँहरूलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।

 संसदीय सुनुवाइ समितिको बैठकले बुधवार सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेको थियो । उहाँहरूको गत मङ्सिर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो । 

न्याय परिषद्को गत मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि उहाँहरूको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button