तपाईँ सुन्दै हुनुहुन्छः

छोराले धकेल्दा बाबुको मृत्यु

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा छोराले धकेल्दा ८३ वर्षीय बाबुको मृत्यु भएको छ ।
कुम्मायक गाउँपालिका १ स्थित गैरीगाउँका ८३ वर्षीय वृद्ध चन्द्रमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृतकका छोरा घनेन्द्र तामाङ र देवेन्द्र तामाङ सँग वादविवाद भएपछि चन्द्रमानलाई धकेल्दा भित्तामा ठोकिएर उनको ज्यान गएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो । चन्द्रमानको मृत्यु पश्चात् उनका दुवै छोराहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button