झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु

भद्रपुर, झापा । झापाको झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एकजनाको मृत्यु भएको छ ।
आज बिहान करिब ५ बजेको समयमा स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्र्याक्टरमा आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउनेक्रममा थरुेसर मेसिनमा च्यापिएर झापा गाउँपालिका– २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ । घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्