तपाईँ सुन्दै हुनुहुन्छः

एनएसएल : स्पोर्टिङ इलामद्वारा ललितपुर सिटी पराजित

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले ललितपुर सिटीलाई हराएको छ । मङ्गलवार दशरथ रङ्गशालामा इलामले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो ।

इलामको जितमा खेलको ५९ औँ मिनेटमा फाडे कामाराले विजयी गोल गरे । अनुभवी डिफेन्डर मानिएका ललितपुरका करिम ओमलआजाबाट बल खोस्दै कामाराले इलामका लागि गोल गरेका थिए ।

दुवै टिमले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । यस सिजन ललितपुर सिटी एफसीले लिगको पहिलो हार बेहोरेको छ ।

डेब्यु सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको इलामले जित सहित प्रतियोगिताको अन्त्य गरेको छ । पुछारको इलामसँगको हारले ललितपुरको शीर्ष स्थानमा पुग्ने अवसर भने गुमेको छ ।

ललितपुर ७ खेलबाट १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा यथावत् रह्यो । इलामले ८ खेलबाट ८ अङ्क जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button