तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा र उदयपुर सिमेन्ट उद्योगको अवस्थाबारे उद्योग तथा वाणिज्य समितिमा छलफल

काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगको अवस्थाबारे छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा राज्यको पूर्ण स्वामित्वमा रहेका सिमेन्ट उद्योगहरू बन्द हुने अवस्थामा रहेको र उद्योगको समग्र पक्षलाई समयअनुकुल परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको हो । 

छलफलका क्रममा सांसदहरुले सरकारद्वारा सञ्चालित उद्योगहरू धरासायी हुनुको कारणमाथि प्रश्न गर्दै उक्त उद्योगमा सम्बन्धित विज्ञहरूलाई नेतृत्व दिनुपर्ने सुझाव दिनुभयो । 

छलफलमा सिमेन्ट उद्योगका प्रतिनिधिहरूले उद्योगलाई प्रवद्र्धन गर्न थप लगानी आवश्यक रहेको र पुराना मेसिनलाई परिवर्तन गरी सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । 

समितिको बैठकले उखु र चिनीको मूल्य निर्धारण र उखु उत्पादन प्रवद्र्धन खर्चका सम्बन्धमा पनि छलफल गरेको छ । 

सांसदहरुले किसानलाई समयमा नै मल उपलब्ध गराउन अगाडि नै योजना बनाउनुपर्ने, उखुमा दिने अनुदान समयमा नै दिनुपर्ने र उखु तथा चिनीको मूल्य समयमा नै निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button