तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय अनिल कुमार थारुको मृत्यु भएको हो।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल गएराति रुखमा ठोकिएर दुर्घटना भई घटनास्थलमै मृत्यु भएको हो।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button