तपाईँ सुन्दै हुनुहुन्छः

 शनिबार राती डडेल्धुराको बागबजारका तीन पसलमा आगलागी

डडेल्धुरा । शनिबार राती डडेल्धुरा सदरमुकाम बागबजारमा आगलागी भएको छ । शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सी पसलमा आगलागी भएको हो ।

शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियो। अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी  नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए। 

आगलागीबाट दुइटा फेन्सी पसलमा रहेका कपडाहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । मेडिकलमा रहेका औषधिहरू पनि जलेका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button