तपाईँ सुन्दै हुनुहुन्छः

‘चुरेको विनाश नरोकिए मानव जीवन सङ्कटमा पर्छ’

जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले जल, जमिन र जङ्गलको संरक्षण विना मानव जीवनको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

पूर्व राष्ट्रपति डा. यादवले जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले जनकपुरधाममा आयोजित जनप्रतिनिधि र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेट खेलमा अवसरमा चुरे तथा जङ्गलको संरक्षण नभए कृषियोग्य भूमि मरुभूमिमा परिणत भएर मानव जीवन नै सङ्कटमा पर्ने भएकाले चुरेको संरक्षणमा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

पूर्व राष्ट्रपति यादवले चुरे जल भण्डार रहेकाले चुरेको विनाश रोक्नका लागि सम्पूर्ण क्षेत्र संवेदनशील हुन आवश्यक भएको बताउनुभयो ।

उहाँले राष्ट्रपति चुरे कार्यक्रमलाई चुरेको संरक्षण तथा विनाशमा प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो ।

यसैबीच राजनीतिक दल तथा पत्रकारहरूको बीचमा भएको सुपर सिक्स मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टस जितेर जनप्रतिनिधिले ब्याटिङका लागि पत्रकारहरूलाई निम्तो दिएकोमा ब्याटिङ गर्दै निर्धारित ओभरमा ८५ रन बनाएका थिए ।

प्रतिउत्तरमा ८६ रनको लक्ष्य सहित ब्याटिङ गरेका जनप्रतिनिधिले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२ रन मात्र बनाएर ६३ रनले पराजित भएका छन् । पत्रकारको तर्फबाट सर्वाधिक ३६ रन बनाएका पत्रकार कमलेश ठाकुर म्यान अफ दि म्याच भएका थिए ।

मैत्रीपूर्ण खेलमा विजयी भएका पत्रकार क्रिकेट टिमलाई प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुर तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले ११ हजार नगद सहित विजयी भएका खेलाडीहरूलाई उपहार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button