तपाईँ सुन्दै हुनुहुन्छः

सेवा लम्साललाई सचिव पदमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

फाइल तस्बिर

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई  सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो 

बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो छ ।

आजै दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको सरकारको चौमासिक कार्य प्रगति समीक्षा बैठकका सम्बन्धमा सञ्चारकर्मीले साधेको प्रश्नमा मन्त्री शर्माले केही मन्त्रालयको कार्य सम्पादन सोचे अनुरुप नभएको बताउनुभयो ।

मन्त्री शर्माले चौमासिक समीक्षा बैठकले आज  अन्तिमरुप नपाएकोले पुनः बैठक बसेर आगामी रणनीति तय गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button