तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगरमा निषेध आज्ञा  जारी

कञ्चनपुर  । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा निषेध आज्ञा  जारी गरिएको छ ।

 राप्रपाले आज महेन्द्रनगरको महेन्द्रनगर स्मारकमा राजा महेन्द्रनगरको मूर्ति पुनर्स्थापना गर्ने कार्यक्रम राखेपछि स्थानीय प्रशासनले महेन्द्रनगरमा निषेध आज्ञा जारी गरेको हो । प्रशासनले महेन्द्रनगरका मुख्य चोक दशरथ चोक,पुष्पलाल चोक , भानुपार्टि प्यालेस लगायत महेन्द्रनगर स्मारक सम्म पुग्ने सम्पूर्ण बाटोमा निषेध आज्ञा  लगाएको छ ।

 सात दलले महेन्द्रनगर को मूर्ति पुनर्स्थापना गर्ने नदिने र राप्रपाले मूर्ति स्थापना गर्ने अडानका बीच हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण गर्ने निषेध आज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । अहिले महेन्द्रनगर क्षेत्रमा  ठुलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button