तपाईँ सुन्दै हुनुहुन्छः

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगितामा बेला टिम विजयी

जनकपुरधाम । नेपाली पत्रकारिताका अग्रज प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका–बेलामा जारी रहेको महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगितामा धनुषाको बेला क्रिकेट टिम विजयी भएको छ ।

बुधवार धनुषाको बेला र महोत्तरीको अलिपट्टी क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिम ३२ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बेला क्रिकेट टिमले १ सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अलिपट्टी क्रिकेट टिम १ सय २४ रनमै अल आउट भयो ।

आजको खेलमा म्यान अफ दी म्याच अलिपट्टी क्रिकेट टिमका गौतम मिश्र भएका थिए ।

दूधमती युवा क्लब जनकपुरधाम–२३ बेलाको आयोजनामा जारी प्रतियोगितामा धनुषा तथा महोत्तरीका गरी १६ क्रिकेट टिमको सहभागिता छ ।

१३ दिनसम्म चल्ने प्रतियोगिताका विजेतालाई ५५ हजार ५ सय ५५ र उपविजेतालाई २५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार, प्रमाणपत्रका साथै कप प्रदान गरिने आयोजक जनकपुरधाम उप महानगरपालिका–२३ का वडाध्यक्ष राघबेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button