तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग विश्व बैङ्कका देशीय निर्देशकको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैङ्कका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैङ्कले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोगको सराहना गर्नुभएको थियो ।

साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैङ्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button