तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको छिन्नमस्ता–१ बालविवाह मुक्त घोषणा 

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१, बरही बिरपुर बालविवाह मुक्त घोषणा भएको छ ।

बुधबार छिन्नमस्ता गाउँपालिका–१ को आयोजनामा बालविवाह मुक्त क्षेत्र घोषणापत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले वडालाई बालविवाह मुक्त घोषणा गर्नुभएको हो । 

कार्यक्रममा पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादवले बढ्दो बालविवाहबाट स्वास्थ्यसँगै अनेकन सामाजिक र मानसिक समस्या निम्तिरहेको बेला पालिकाको उक्त कदम सराहनीय रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चौधरीले बढ्दो बालविवाह र दाइजोको कारण समाज आक्रान्त भइरहेको बेला यस अभियानले केही हदसम्म बालविवाह रोक्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button