अर्थमन्त्रीको पत्रकार सम्मेलन : समग्रमा आर्थिक सूचकहरू सकारात्मक (पूर्णपाठ)

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले समग्रमा मुलुकको आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैङ्क तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव आर्थिक क्रियाकलापमा देखिँदै गएको बताउनुभयो ।
अर्थमन्त्री महतले घरजग्गा र शेयर कारोबारमा आएको उत्साहले सकारात्मक सङ्केत दिएको बताउँदै २०८० चैत्रसम्म समस्यामा परेका ऋणीहरूलाई कर्जाको पुन संरचना गर्ने अवधि दिइएको जानकारी दिनुभयो ।
अर्थमन्त्री महतले अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरू अनुकूल बनेको बताउँदै २०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्बले बचतमा रहेको,सोधनान्तर बचत ९९ अर्ब रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेको जानकारी दिनुभयो ।
पूजिँगत खर्च करिब ६ प्रतिशतले वृद्धि भएको बताउँदै अर्थमन्त्री महतले समग्र कर राजश्व वृद्धिदर ७ दशमलव ५७ प्रतिशत रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले विप्रेषणको आप्रवाह २०८० असोज मसम्ममा ३० प्रतिशतले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो पनि जानकारी दिनुभयो ।
उहाँले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनको तयारी सुरु गरेको जानकारी दिँदै त्यसअघि नै लगानीसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधार अघि बढाउने जानकारी समेत दिनुभयो ।











प्रतिक्रिया राख्नुहोस्