तपाईँ सुन्दै हुनुहुन्छः

भक्काको व्यापारबाट गुजारा चलाउँदै मोरङका विपन्न महिला

विराटनगर । जाडो बढेसँगै भक्काको व्यापार फस्टाउँदै गएको छ । सहर देखी ग्रामीण क्षेत्रका हाट बजार चोक चौराहा तथा सडक छेउमा भक्काको व्यापार गर्दै आएका छन् । 

विगतमा गाउँ बस्तीमा मात्र सीमित हुँदै आएको  यो व्यापार अहिले सहर बजारमा सम्म केन्द्रित हुन थालेको छ । विराटनगरका चोक गल्ली तथा सडकहरूमा पनि यो व्यापार फस्टाउँदै गएको छ ।

थोरै पुजीमा सञ्चालन हुने यो व्यवसायबाट गरिब तथा विपन्न  महिलाहरूले राम्रो आम्दानी लिन थालेका  छन् ।  मङ्सिर देखी माघ महिनाभर भक्काको व्यापार बढी हुन्छ । यो व्यापारबाट परिवारको गुजारा चलाउन सहज भएको मोरङ रंगेलीकी हिरादेवी मण्डलले बताउनुभयो । 

भक्का र आलुचपको व्यापारबाट दैनिक ८ सयदेखि एक हजार रुपैयाँ सम्म कमाइ हुने गरेको उहाँको भनाई छ । बिहान पाँच बजे झिसमिसेमा भक्का र आलुचप कनाएर विक्री गर्दा खानेहरूको घुइँचो लाग्ने गरेको  उहाँ बताउनु हुन्छ । तिन महिना चल्न  यो व्यवसायमा सयौँ महिला आश्रित छन् ।  

रंगेली बजार को बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्रि टोल, र पिपल चोक, शुक्रबारे, ईलाका प्रशासन चोक लगायतका स्थान हरुमा महिला हरुले भक्काको  ब्यापार गर्दै आएका छन् । 

चामल लाई दिन भरी भिजाएर त्यसलाई ओखली वा ढिक्कि को माध्यम बाट पिठो तयारी पारी  उक्त पिठोलाई  बटुकामा हालेर पानीको बाफमा पकाएपछि भक्का तयार हुन्छ । सो भक्का   प्रतिगोटा १० रुपैयाँ र आलुचप प्रतिगोटा ५ रुपैयाँ सम्म बिक्री हुन्छ ।

बालबालिका देखि वृद्ध, तथा युवाहरू समेतले भक्का बढी  रुचाउने गरेको र  भक्का लाई बिहान बेलुका  खाजा को रुपमा प्रयोग गर्ने गरेकाले यस्को व्यापार फस्टाएको स्थानीय हरियादेवी साहको भनाई छ । यो व्यापार जाडोमा मात्र हुने  र तिन महिना यही व्यवसाय वाट घर परिवार चलाउन सहज हुने गरेको उहाँ बताउनु हुन्छ ।  

जाडोको समयमा तातो भक्का खादा जिउ समेत तातिने गरेकाले सवैले भक्का खान बढी रुचाउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button