तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २९ गते बस्ने भएको छ ।

मङ्सिर २९ शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिक लगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button