रास्वपाको बैठक बस्दै
काठमाडौँ I राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।
रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिनुभयो ।
उहाँले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अधिवेशनबारे छलफल हुने बताउनुभयो ।“आज अपराह्न चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ । संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्”, सचेतक डाँगीले भन्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्