तपाईँ सुन्दै हुनुहुन्छः

जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो : प्रधानन्यायाधीश श्रेष्ठ

गोरखा । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताउनुभएको छ ।

गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज समुद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका अहिले सकारात्मक गतिमा अघि बढिरहेको भन्दै सेवाग्राहीको सुविधा र जनआस्थालाई केन्द्रबिन्दुमा राखेर सुधारका कामको थालनी गरिएको जानकारी दिनुभयो ।

नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको प्रत्याभूतिसहित मानव अधिकार, कानुनको शासन, नागरिक अधिकार, मौलिक अधिकार तथा संवैधानिक अधिकारसहितको न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button