तपाईँ सुन्दै हुनुहुन्छः

विपिन जोशीको तत्काल मुक्तिका लागि कूटनीतिक पहल गर्न रास्वपाद्वारा ध्यानाकर्षण

काठमाडौँ । रास्वपाले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहा तथा प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ। 

मन्त्री साउदलाई पार्टीको ध्यानाकर्षण–पत्र बुझाउन अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीलगायत उपस्थित हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button