गुणस्तर बिउँ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना सञ्चालन
विराटनगर । गुणस्तर धानको बिउँ उत्पादन गर्दै उत्पादकत्व वृद्धि गर्न जाइकाले कोशी प्रदेशका चारवटा जिल्लमा बिउँ उत्पादन आपूर्ति तथा गुणस्तर नियन्त्रण प्रणाली सुदृढीकरण परियोजना सञ्चालनमा ल्याएको छ ।
जापान र नेपालका कृषि प्राविधिकको सहयोगमा कोशी प्रदेशका मोरङ,सुनसरी , उदयपुर तथा झापा जिल्लामा पाइलट प्रोजेक्टको रुपमा सो परियोजना सञ्चालनमा आएको हो ।
कृषकहरूको गुणस्तरीय उन्नत बिउँको माग आपूर्तिसँगै बिउँ प्रतिष्ठापन दर वृद्धि गर्न पाँच वर्षसम्म सञ्चालन हुने सो परियोजनाले गुणस्तरयुक्त बिउँ उत्पादनका लागि बिउँ उत्पादक कृषक समूह , कम्पनी तथा बिउँ उत्पादन गर्ने सहकारीलाई प्राविधिक सहयोग गर्दै गुणस्तर बिउँ उत्पादनका विषयमा कृषि सम्बन्धी प्रदर्शनीको आयोजना गरिरहेको कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो ।
नेपालमा अहिले डेढ सय बढी जातका धानको बिउँ उत्पादन भइसकेका छन् । त्यसमध्ये किसानले सातदेखि दश प्रकारका जातका धानको बिउँ मात्र बढी प्रयोग गर्ने गर्दछन् ।

परियोजनाले धानको बिउँ उत्पादनका लागि कृषि ज्ञानकेन्द्र र स्थानीयतहको क्षमता विकासका विभिन्न पालिकमा गएर धान लगाएर बिउँँ उत्तपादनगर्दै कृषकलाई अवलोकन गराइ रहेको छ ।
मोरङ जिल्लामा वार्षिक साढे चार हजार मेट्रिकटन धानको बिउँ आवश्यक हुन्छ । आवश्यक बिउँमध्ये ३५ देखि ४० प्रतिशत बिउँ जिल्लामा उत्पादन हुने गरेको र बाँकी बिउँ अन्य जिल्ला र भारतबाट आउने गरेको छ ।
नेपाली बिउँको प्रयोग गर्दा उत्पादनको ग्यारेन्टी नहुने भएकाले धानका सिजनमा अधिकाधिक सिमावर्ती क्षत्रका किसानले भारतबाट बिउँ ल्याउने गरेको पाइन्छ ।
नेपालमा पनि उन्नत जातको गुणस्तर बिउँ उत्पादन भइरहेकाले परियोजना सम्पन्न भएपछि कोशी प्रदेशमा गुणस्तर बिउँ उत्पादन हुने सो बिउँले सबै किसानको माग पुरा गर्ने कार्यालय प्रमुख रामदेव सिंहले बताउनुभयो ।
बिउँको गुणस्तर बढेकाले नेपालमा उत्पादित बिउँको प्रयोग गर्न किसानहरूलाई उहाँले अव पाँचवर्ष पछि कोशी प्रदेशमा गुणस्तर बिउँको अभाव नहुने उहाँको दाबी छ ।
भारतबाट किसानले ल्याउने बिउँमा कुनै प्रकारको गुणस्तरको छाप समेत नहुने गरेकाले यस्ता बिउँको प्रयोगले उत्पादन वढेपनि त्यस्ता बिउँमा रोग किरा बढी लाग्ने र माटोको पोषक तत्त्व घटने कृषि विज्ञको भनाई छ ।
परियोजना सञ्चालनका लागि जापानबाट नेपाल आउने भएका जाइकाका प्रतिनिधि यो बिउँले धानको उत्पादन बढाउन जापान सरकारको प्राविधिक सहयोगमा परियोजना सञ्चालनमा आएको बताउनुभयो ।
जाइका परियोजनाका कोडिनेटर विरेन्द्र बस्नेतले परियोजनाले गुणस्तर बिउँ उत्पादनका लागि जोड दिएको र गुणस्तर बिउँ प्रयोगमा अएपछि नेपालको धान उत्पादन १० देखी १५ प्रतिशतले वृद्धि हुने दाबी गर्नुभयो ।
परियोजनाले अहिले चारवटै जिल्लामा पुगेर स्थानीय तहको कृषि प्राविधिकलाई विभिन्न प्रकारको तालिम दिँदै स्थानीयतहमा बिउँको माग र आवश्यकताका विषयमा जानकारी लिने काम गरिरहेको परियोजना कोडिनेटर बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्