लायन्स क्लबको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख खापुङ
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको बताउनुभएको छ ।
लायन्स क्लब विराटनगर युनाइटेडको १३ औँ पदस्थापना एवं सम्मान कार्यक्रम उद्घाटन गर्दै उहाँले क्लब सेवा भावनाले प्रेरित रहेको भन्दै क्लबले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पुर्याएको सहयोगको प्रशंसा गर्नुभयो । प्रदेश प्रमुख खापुङले सेवाको भावनाले समाज कल्याणमा लाग्नुभएका सम्पूर्ण पदाधिकारीलाई थप प्रेरणा मिलोस् भनी शुभकामना दिनुभयो ।
प्रदेश सरकारका बिना विभागीय मन्त्री कमलप्रसाद जवेगुले क्लब सेवाको आवश्यकता भएका नागरिकलाई खाद्य सामग्री, न्यानो कपडा, शैक्षिक सामग्री लगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताउनुभयो ।
क्लबका अध्यक्ष टीका सिवाकोटी, पूर्वमन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मा लगायतले क्लबले समाजले भूकम्पपीडित, शीत लहरबाट नागरिकलाई जोगाउन, ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्रदान गरिएको सहयोग लगायतका विषयमा चर्चा गर्नुभयो । सो अवसरमा लायन्स युनाइटेडका नवपदाधिकारी एवं पूर्व गभर्नरलाई सम्मान गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्