तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा गैँडाको आक्रमणबाट एक जना गम्भीर घाइते

नेपालगञ्ज । बर्दियामा गैँडाको आक्रमणबाट आज दिउँसो एक जना गम्भीर घाइते भएका छन् । 

मधुवन नगरपालिका वडा नम्बर ३ स्थित गौरी सामुदायिक वन नजिकै घाँस काट्ने क्रममा गैँडाको आक्रमणबाट सोही ठाउँका ७० बर्षीय गहनु थारु गम्भीर घाइते हुनुभएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिनुभयो । 

थारुलाई बर्दियामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको बर्दिया जिल्ला अस्पतालले जनाएको छ । थारुको हात र पिठ्युँमा गहिरो घाउ भएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button