अदुवाको मूल्यले किसानलाई राहत

सल्यान । विगत केही वर्षदेखि अदुवाले मूल्य नपाएपछि निरुत्साहित बनेका सल्यानका किसान यस वर्ष भने मूल्य पाएपछि हर्षित भएका छन् । विगतका तुलनामा यस वर्ष उचित मूल्य पाएपछि अदुवा कृषक खुशी भएका हुन ।
गर्त वर्ष २० रुपैयाँ किलोसम्म बिक्री नभएको अदुवा यो वर्ष ५० देखि ७५ रुपैयाँ किलोसम्म बिक्री भएपछि केही यो वर्ष केही राहत मिलेको बागचौर नगरपालिका ७ दहगाँउका दिपेश डिसीले बताउनु भयो । उहाँले भन्नु भयो विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै किसानले मात्र अदुवा रोपेका थिए, तर यस वर्ष राम्रै मूल्य पाएका छौँ ।
झन्डै ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आउनु भएको डिसीले यो वर्ष मात्र १ लाख ५० लाख बढीको अदुवा बिक्री गरी सक्नु भएको छ । बारीबाट नै यसवर्ष नयाँ अदुवा ५० रुपैयाँ किलो बिक्री भएको उहाँले बताउनु भयो ।
दहगाउँकै महेन्द्रराज खड्काले पनि यस वर्ष नयाँ र पुरानो गरी ६२ क्विन्टल अदुवा बिक्री गरेको बताउनु भयो । ४ रोपनीमा खेती गर्नु भएका खड्काले यस वर्ष बिउ निकालेको ५५ र बिउ ननिकालेको ७५ रुपैयाँ किलोका दरले बिक्री भएको बताउनु भयो । उहाँले भन्नु भयो पोहोरसम्म भएको अदुवा पनि कसलाई दिऊ भन्ने हुन्थ्यो यस वर्ष पनि बिक्री हुँदैन कि भनेर थोरै लगाइयो तर राम्रो मूल्य पायो ।
यसवर्ष किसानले अदुवामा गरेको लगानी अनुसार प्रतिफल निकालेको उहाँको भनाई छ । लगानी धेरै तर प्रतिफल निकै कम थियो तर यसपालि के भएर हो अदुवाले राम्रो मूल्य पाउँदा लगानी उठेको छ उहाँले भन्नुभयो ।
लगानी उठ्ने भन्दै अदुवा लगाउने किसानहरूको सङ्ख्या घट्दै जाँदा यस वर्ष भने राहत मिल्ने मूल्य पाएको अर्का किसान गणेश कुमार वलीले बताउनु भयो । दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्नु भएका उहाँले यस वर्ष गत वर्षको भन्दा मूल्य उच्च छ ।
सल्यानमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा २५ हजार ८ सय बढी अदुवा उत्पादन हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्