तपाईँ सुन्दै हुनुहुन्छः

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

मस्को। रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाका प्रमुख युरी शिखानचिनले बिहीबार बताउनुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शिखानचिनले भन्नुभयो, “प्रणालीपूर्ण रूपमा नियमन नभएको तथ्यलाई ध्यानमा राख्दै शङ्कास्पद कारोबार लगभग दोब्बर भइरहेको छ ।”

अधिकारीका अनुसार आतङ्कवादी गतिविधिलाई आर्थिक सहयोग गर्ने गतिविधिले पनि यस्ता अवैध कारोबारमा वृद्धि भएको उहाँले बताउनुभएको छ ।

यद्यपि, रोसफिनमोनिटरिंग र रूसको भीटीबी बैंकद्वारा संयुक्त रूपमा सुरू गरिएको रूसी सफ्टवेयर प्रणाली ट्रान्सप्यारेन्ट ब्लकचेनले यी शङ्कास्पद लेनदेनहरूको पिछा गर्न र अनुसन्धान गर्न सम्भव बनाउँछ ।

शिखानचिनले भन्नुभयो, “रोसफिनमोनिटरिङले क्रिप्टोकरेन्सीको सञ्चारको निगरानी जारी राखेको छ ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button