तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा बाघको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते

बाँके ।बाघको आक्रमणमा परी सोमबार बर्दिया बारबर्दिया नगरपालिका-९ सतखलुवा तालनजिक एक जना गम्भीर घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गर्दा करिब ४५ का अनिल शर्मा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका शर्माको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि मेडिकल कलेज कोहलपुरमा उपचारको लागि ल्याइएको छ । घाइते शर्माको अनुहार र टाउकोमा चोट लागेको छ ।

स्थानीय गंगा सुनारका अनुसार, शर्मा सुस्त मनस्थिति भएको र बैदी चोक नजिकै मागेर खाने गर्दै आइरहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button