केपी ओली कप टी–२० क्रिकेट: आयोजक माथि कर्णालीको जित

पोखरा I पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ ।
शनिवार पोखरा रङ्गशाला क्रिकेट मैदानमा भएको खेलमा आयोजक रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाइनल प्रवेश गरिसकेको छ ।
टस जितेर ब्याटिङ गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका लागि रोशन गौतमले ३० रन, निर्मल थापा १७ रन, निश्चल ग्यावतीले १९ रन, सेहजाद आमलले १६ रन बनाउनुभयाे । कर्णालीका प्रकाश जैसीले २ विकेट लिनुभयाे ।
११० रनको लक्ष्य पछ्याउँदै कर्णालीका लागि दीपेन्द्र रावतले ४३ रन, प्रकाश जैसीले १९ रन, निश्चल रावल १५ रन बनाउदै अन्य ब्याट्मान्ले दोहोरो रन जोड्न सकेनन् । आयोजक एकेडेमी रातोका सन्तोष यादव र विप्रासन केसीले समान २ विकेट लिनुभयाे ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयाे । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट व्यटार र बलरले जनही नगद २०-२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।







प्रतिक्रिया राख्नुहोस्