तपाईँ सुन्दै हुनुहुन्छः

जे–३० टेनिस खेल्न सय बढी अन्तर्राष्ट्रिय खेलाडी पोखरामा

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वर्ल्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ ।

दुई सातासम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक सङ्घले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलङ्काबाट १ जना खेलाडीले भाग लिनेछन् ।

महिलातर्फ जापानबाट १, थाइल्यान्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेबाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा भाग लिने सो अवसरमा जानकारी दिइयो ।

प्रतियोगितामा विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अङ्क पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए ।

आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पुर्याएको संघ कास्कीका अध्यक्ष लोक गुरुङले बताउनुभयो ।

खेलाडी, प्रशिक्षक तथा अभिभावकसहित झण्डै ३ सय जना पाहुना २ साताका लागि पोखरा बस्ने गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button