पोखरा विमानस्थलमा खुल्यो अध्यागमन कार्यालय
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय खुलेको छ । अन्तर्राष्ट्रिय चार्टड उडान भए पनि विमानस्थलमा अध्यागमन कार्यालय नभएकाले काठमाडौँबाटै टोली आएर काम हुने गरेको थियो ।
उपसचिव लिलावल्लभ न्यौपानेको नेतृत्वमा विमानस्थलमा अध्यागमन कार्यालय खुलेर बिहीबारबाटै काम सुरु भएको छ ।अध्यागमनको विमानस्थल कार्यालयमा २९ जनाको कर्मचारी दरबन्दी रहे पनि अहिले १० कर्मचारी खटिएका छन् ।
प्रमुख अध्यागमन अधिकृत न्यौपानेले गृह मन्त्रालयको खटन अनुसार आफूहरू बिहीबारै पोखरा आएर कार्यालय सञ्चालन गरेको जानकारी दिनु भयो । न्यौपानेले काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकै प्रकृतिमा पोखराबाट सेवा प्रवाह हुने बताउनु भयो । विमानस्थलमा अध्यागमन कार्यालयका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो ।बिहीबार साँझ पोखरामा चार्टर्ड विमानबाट ओर्लेका चिनियाँ पाहुना अध्यागमनका पहिलो पाहुना भएका छन् । मङ्सिर ९ गतेदेखि पोखरामा हुने माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनिया खेलाडी बोकेर हिमालय एअरलाइन्सको चाटर्ड जहाज पोखरा आएको हो ।








प्रतिक्रिया राख्नुहोस्