वीरगंज रक्सौल नाका राती ११ बजेसम्म खोल्न व्यवसायीको माग

वीरगंज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलसँगको सिमानाका राती ११ बजेसम्म खोल्न माग गरिएको छ । वीरगंज उद्योग वाणिज्य सङ्घले बिहीबार सिमानाका बिहान ५ बजेदेखि राती ११ बजेसम्म खोल्न माग गरेको हो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै वीरगञ्ज भन्सार कार्यालयको गेट बिहान ५ बजेदेखि रातीको ११ बजेसम्म खोल्न माग गरेको उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले बताउनुभयो ।
हाल वीरगंजमा रहेको भन्सार प्रवेश द्वार बिहान ६ बजे खुलेर राती १० बजे बन्द हुने गरेको छ । ज्ञापन पत्र बुझाउन जाने टोलीमा वीरगंज उद्योग वाणिज्य संघका अर्का उपाध्यक्ष मनोज दास लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्