तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राख्नुभएको छ । स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उहाँको भनाइ छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उहाँले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरूलाई सचेत रहन निर्देशन दिनुभयो ।

मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताउनुभयो । यस्तै, मन्त्री बस्नेतले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

यस्तै, यस वर्ष विश्व स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका सबै व्यक्ति, संस्था र निकायको सहभागितामा राष्ट्रियस्तरको कार्यक्रम गर्ने पनि मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले मन्त्रालयको कामको समीक्षा, आगामी कार्यक्रमको उद्देश्य र समस्याका विषयमा छलफल गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button