संसाक साहित्यिक पत्रिकाको वार्षिकोत्सव : विभिन्न विधाका लेखकहरु सम्मानित
काठमाडौं । संसाक मासिक पत्रिकाले वार्षिकोत्सवका अवसरमा संसाक सम्मान २०८० बाट फरक फरक विधाका साहित्यकारहरूलाई सम्मानगरेको छ । यस अवसरमा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली नगद एघार हजार राशीसहित “संसाक गाेपालराज-मैयादेवी साहित्य सम्मान २०८०” बाट सम्मानित हुनु भयो ।
यसैगरी लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापालाई नगद दस हजारसहित “संसाकयात्री नियात्रा सम्मान २०८०” बाट सम्मानित हुनु भयो ।
यसैगरी काभ्रेका साहित्यकार रामसुन्दर देउजा नगद दस हजार राशीसहित “संसाक अनामणि समीक्षा सम्मान २०८०” बाट र नगद राशीसहित “संसाक बालप्रतिभा सम्मान २०८०” बाट डडन ब्रिज एकेडेमीका छात्रा खुशिपल परियार सम्मानित हुनु भयो । उहाँहरुलाई बागमती प्रदेश सभासद अमन मास्केले सम्मान गर्नु भएको हो ।
सम्मानितहरुलाई डायरी र कलम प्रदान गरेर फरक किसिमले कार्यक्रम उद्घाटन गरिएको थियो भने सोही कार्यक्रममा “हिमाली सौगात” (पत्रिका)को नव अंकको लोकार्पण पनि गरिएको थियो ।
कार्यक्रममा सम्मानितहरु विजयध्वज थापा, राधेश्याम लेकाली, रामसुन्दर देउजाले आआफ्नो मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो ।
सम्मानित स्रष्टाहरूको परिचय दिदै डा. अम्बिका अर्यालले सम्मानित व्यक्तित्व चार्चा गर्नु भयो। कार्यक्रममा पुरस्कार संस्थापक रत्नप्रसाद श्रेष्ठ अनामणि, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, साहित्यकार डा. दामोदर पुडासैनी किशोर, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षित, डा. शैलेन्दुप्रकाश नेपाल, केदारनाथ पाठकलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
सांसद अमन मास्केले संस्कृति, साहित्य र कलाको माझ राजनीतिको कोट फुकालेर उभिएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संसाकका सम्पादक उमेश पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको संचालन कवि उत्तम विचार भेट्वालले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरु डा. बमबहादुर जिताली, पवन आलोक, रामप्रसाद पन्त, मुरारि सिग्देल, सरिता अर्याल, सुशीला ढकाल अधिकारी, राजेन्द्र के. सी., तारा के. सी. ज्ञान्दरी कैनी, राजबाबु श्रेष्ठ सागर, निशा के. सी., बलराम दाहाल, यशोदा अधिकारी, माधव बिडारी, वासुदेव गुरागाईं, भैरवी भूगोल, जसध्वज गुरुङ, रामसुन्दर देउजा, राजेन्द्र घिमिरे सागर, देवराज सिम्खडा, जगदीश पोखरेल, एस. के. धिताललगायतको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्