नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
बैठकमा एमालेले गर्न लागेको समृद्धिका लागि संकल्प यात्रा अभियानको तयारी र समसामयिक विषयमा छलफल हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
नेकपा एमालेले मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डाका साथ लोकमार्ग केन्द्रित झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गर्दैछ
संकल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरु भइ ताप्लेजुंग पुगेर सकिने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्